images
images
images

राष्ट्र बैंकले आईतबारका लागि सार्वजनिक गर्‍यो विदेशी मुद्राको विनिमय दर

images

पूर्वाधार वाच, काठमाडौं।

नेपाल राष्ट्र बैंकले आईतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आईतबार अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । आईतबार युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ०२ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

यसैगरी बेलायती पाउन्ड एकको खरिदमूल्य १७० रुपैयाँ र बिक्रीदर १७० रुपैयाँ ७४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, आईतबार अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २१ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५८ पैसा तोकिएको छ यसैगरी, क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ ११ पैसा र बिक्रीमा ९५ रुपैयाँ ५२ पैसा रहेको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७१ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ७१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ३२ पैसा तथा बिक्री दर ९ रुपैयाँ ३६ पैसा कायम गरेको जनाइएको छ ।

उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४६ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४५ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आईतबार ३० रूपैयाँ ४३ पैसा र बिक्रीदर ३० रूपैयाँ ५६ पैसा कायम गरेको छ ।

यसैगरी, आईतबारको लागि कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३६३ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्