पूर्वाधार वाच, काठमाडौं ।
काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । केही निरन्तर धक्का भएपछि काठमाडौं उपत्यका लगायतको जनजीवन त्रसित बनेको छ ।
काठमाडौंमा स्थानीयहरु भूकम्पको त्रासले सडकमा निस्किएका छन् । भने सामाजिक संजालमा समेत यसबारे व्यापक चर्चा भइरहेको छ ।
यस्तै काठमाडौं उपत्यका बाहिर पनि भूकम्पको धक्का महसुस भएको बताइएको छ ।
यसअघि महाभूकम्प झेलेको नेपालले धेरै पछि शक्तिशाली भूकम्प महसुस गरेको हो । यद्यपि भूकम्पले कहाँ के कति क्षति भयो यसबारे प्रारम्भिक विवरण प्राप्त हुन बाकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्