images
images
images

चीन, नेपाललगायत पाँच देशमा एकसाथ भूकम्पको धक्का, कहाँ के-के भयो ?

images

पूर्वाधार वाच, काठमाडौं ।

मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर नेपालसहित ५ देशमा एकसाथ भूकम्प गएको छ।

अन्तरास्ट्रिय समाचार एजेन्सीहरुका अनुसार एकैसाथ चीन, नेपाल, भारत, भुटान र बङ्गलादेशमा एकैपटक भूकम्प महसुस गरिएको छ ।

बिहान ६ बजेर ५० मिनेट जाँदा नेपालमा ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिए।

‘हाम्रो स्थानीय मापनअनुसार नेपालमा ७ म्याग्निच्युडको भूकम्प गएको हो’, उनले सामाजिक सन्जालमा लेखेका छन्।

भूकम्पको केन्द्रबिन्दु भने चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगात्से सहरको डिङ्ग्री काउन्टीनजिक रहेको चाइना भूकम्प नेटवर्क सेन्टर (सीईएनसी) ले ले जनाएको छ। त्यहाँ भने ७ म्याग्नीच्युडको भूकम्प गएको उल्लेख छ।

यस्तै भूकम्पको धक्का भारतमा पनि महसुस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय सञ्चारमाध्यमले दिल्ली, बिहार र बंगालमा ७.१ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेका छन्।

प्रारम्भिक विवरणअनुसार चीनमा घरहरु भत्किएको जानकारी आउन थालेका छन् । अन्य देशहरुमा समेत यसले प्रभाव पारेको हुन सक्ने अनुमान छ ।

भने नेपालमा यस भूकम्पबाट के कति क्षति भयो भन्ने बारे विवरण संकलन भइरहेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्