images
images
images

यी हुन् भूकम्पबारे जान्नैपर्ने केही कुरा

images

पूर्वाधार वाच, काठमाडौं । 

गत पुस २५ गते तिब्बतको टिंगरी काउन्टीमा गएको भूकम्पले ठूलो जनधनको क्षति गरायो ।  भूकम्पको तीव्रता यति शक्तिशाली थियो कि नेपालदेखि भारतको उत्तरी भूभागसम्म पुरै धर्ती थरथर काँपिएको थियो । कुनै न कुनै रूपमा दक्षिण एसियाली देशहरूमा यो भूकम्पको कम्पन महसुस गरिएको थियो ।

यस भूकम्पमा हालसम्म १२६ जनाको ज्यान गएको छ भने १३० भन्दा बढी घाइते भएको चीनका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । यस्तो घटना एउटा मात्र होइन, यस्ता धेरै घटना बाहिर आउने गर्छन् । यो प्राकृतिक प्रकोप भए पनि मनमा प्रश्न उठ्छ कि पृथ्वी किन बारम्बार काँपिरहन्छ रु यसका साथसाथै यो समाचारमा हामी यो पनि जान्नेछौं कि पृथ्वी मुनि के त्यस्तो  हुन्छ, जसले पृथ्वीको सतहमा रहेका सबै कुरा हल्लाउन थाल्छ रु

खासमा पृथ्वीको बाहिरी सतह शान्त र स्थिर देखिन्छ तर भित्र सधैं अशान्ति भइरहेको हुन्छ ।  भौगर्भिक प्लेटहरू आपसमा ठोक्किएर वर्षेनी सयौं भूकम्प जाने गर्दछन् ।  यसबारे धेरै भू विज्ञान विशेषज्ञहरूले हाम्रो पृथ्वीमा १२ वटा टेक्टोनिक प्लेटमा रहेको जनाएका छन् । जब यी प्लेटहरू एक अर्कासँग ठोक्किन्छन्, त्यसबाट उत्सर्जित ऊर्जाले भूकम्पजस्तो विनाशकारी प्राकृतिक प्रकोप निम्त्याउने गर्दछन् ।

प्लेटहरूको टक्करले विनाश

पृथ्वी मुनि रहेका यी प्लेटहरू धेरै बिस्तारै घुमिरहेका हुन्छन्, यिनीहरू गतिवान् हुन्छन्, जो एकै ठाउँमा कहिल्यै पनि बस्दैनन् । प्रत्येक वर्ष यी प्लेटहरू आफ्नो स्थानबाट ४–५ एमएम सर्छन्। यस क्रममा केही प्लेटहरू एक अर्काबाट टाढा सर्छन् र केही एक अर्काको मुनि छिर्न पुग्छन् ।  यो स्लाइडिङ र टक्करको प्रक्रिया को कारण भूकम्प आउने गर्दछ।

भूकम्पको केन्द्रबिन्दु भनेको पृथ्वी भित्रका चट्टानहरू फुट्ने वा ठोक्किने ठाउँ हो। यसलाई फोकस वा हाइपोसेन्टर भनिन्छ। भूकम्पको ऊर्जा यस केन्द्रबाट छालको रूपमा फैलिन्छ। जब यी तरंगहरू पृथ्वीको सतहमा पुग्छन्, कम्पन महसुस हुन्छ। यो ऊर्जाले सतहलाई काट्ने ठाउँलाई इपिसेन्टर भनिन्छ। यो ठाउँ भूकम्पका लागि सबैभन्दा नजिक रहेको मानिन्छ ।

पृथ्वी मुनि चट्टान किन फुट्छन

पृथ्वीको संरचनालाई भारतीय–अष्ट्रेलियाली भू–भाग, उत्तर अमेरिकी भू–भाग र अफ्रिकी भू–भाग जस्ता सात ठूला भू–भागहरूमा विभाजन गरिएको छ, जसलाई हामी महादेश पनि भन्छौं । यी भूखण्डहरू मुनिका चट्टानहरू अत्यधिक दबाबमा रहेका हुन्छन्। जब यो दबाब एक सीमा भन्दा बढी हुन्छ, चट्टानहरू भाँचिन्छ र वर्षौंसम्म त्यहाँ भण्डारण भइरहेको ऊर्जा जारी हुन्छ।

पृथ्वीको सतह विशाल प्लेटहरू मिलेर बनेको छ, जुन महासागर र महाद्वीपहरूमा फैलिएको छ। यी तहहरू मुनि रहेका चट्टानहरू महासागरहरू मुनि भारी र महाद्वीपहरू अन्तर्गत हल्का हुन्छन्। जब चट्टान फुट्छ, यो ऊर्जा सतहमा पुग्छ र विनाश निम्त्याउँछ।

विनाशको दुरी

भूकम्पको प्रभाव यसको केन्द्र नजिकका क्षेत्रमा सबैभन्दा बढी हुन्छ। केन्द्रबाट दूरी बढ्दै जाँदा भूकम्पको तीव्रता र क्षतिको स्तर घट्दै जाने गर्दछ। यदि भूकम्पको केन्द्रबिन्दु गहिराइमा छ भने भूकम्पको प्रभाव सतहमा कम महसुस हुन्छ। तर, यदि केन्द्र सतहको नजिक छ भने यसको विनाशकारी प्रभाव ठूलो हुन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्