images
images
images

एक्सेल कलेजमा ‘इबीसी विन्टर कार्निभल’ हुँदै, प्रवेश निःशुल्क

images

पूर्वाधार वाच, काठमाडौं ।

एक्सेल बिजनेश कलेजमा इबीसी विन्टर कार्निभल हुने भएको छ । नयाँ बानेश्वरस्थित उक्त कलेजका विद्यार्थीहरुको सक्रियतामा उक्त कार्यक्रम हुन लागेको इबीसी इभेन्ट म्यानेजमेन्ट क्लबका संयोजक रन्जित यादवले जानकारी दिए ।

आगामी शनिबार हुने उक्त विन्टर कार्निभलको प्रमुख प्रायोजकमा डाँफे लिंक रहेको छ । उदीयमान युवा गायक महेन्द्र विकको मुख्य प्रस्तुति रहने यस कार्यक्रममा खेल स्टल, फुड स्टल, म्यूजिक, स्ट्याण्डअप कमेडी तथा गायनहरू कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहनेछन् ।

यस्तै कार्यक्रमको प्रमुख उद्देश्य संस्कृति संरक्षण र प्रवर्द्धन गर्दै विद्यार्थीहरूको सिर्जनशीलता र प्रतिभा उजागर गर्नु, सामाजिक सम्बन्ध प्रगाढ बनाउनु, र नयाँ अनुभव तथा मनोरञ्जन प्रदान गर्नु रहेको आयोजकले जनाएको छ।

बिहान दश बजेलेखि सुरु हुने यस कार्यक्रममा प्रवेश निःशुल्क छ । यस कार्यक्रमको मिडिया पार्टनरमा पूर्वाधार वाच रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्