images
images
images

सिटिजन्स बैंकको शेयर बिक्रीमा

images

पूर्वाधार वाच, काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शेयर बिक्री खुला गरेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ६४ हजार ६१.५८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले प्रतिकित्ता शेयरको न्यूनतम भाउ १०२ रुपैयाँ तोकेको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले आज शुक्रबार (पुस २६ गते)बाट ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ ।

उक्त समयमा संस्थापक शेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्