पूर्वाधार वाच, पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं आउँदैछन् । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेका लामिछाने हिजो ६५ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका लामिछाने आज काठमाडौं आउन लागेका हुन ।
बिहीबार साँझ कास्की जिल्ला प्रहरीको हिरासतबाट मुक्त भएका लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आउन थालेका हुन ।
आज दिउँसो १ बजेबाट पोखराबाट काठमाडौंतर्फ लागेका उनीसँग उनका श्रीमती निकिता पौडेल पनि साथमा नै रहेकी छिन् । उनी आजै जिल्ला अदालत, काठमाडौंमा उपस्थित हुन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्