images
images
images

‘दिल्लीमा भएको १२ बुँदे सम्झौताको औचित्य समाप्त भइसक्यो’

images

पूर्वाधार वाच, काठमाडौं । 

राप्रपा नेपालका अध्यक्ष कमल थापाले ०६२/०६३ को समयमा नेपालमा राजनीतिक परिवर्तनको लागि भारतको नयाँ दिल्लीमा भएको १२ बुँदे सम्झौताको औचित्य समाप्त भैसकेको बताएका छन् । राप्रपा नेपालको १९ औं पार्टी स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले मुलुकको अवस्थाको कारण राप्रपा नेपालको महत्त्व झन् झन् बढेर गएको समेत चर्चा गरे ।

पार्टी निर्माणका क्रममा विगतमा भएका संघर्ष र सुख दुःखको क्षणहरूको स्मरण गर्दै थापाले फरक बिचारका कारण आफूलाई राज्यले दुई  दुई पटक थुनामा हालेको समेत सम्झना गरे । सिद्धान्तप्रतिको अविचलित निष्ठा र विकृति बिसङ्गतीसङ्गको लडाई निरन्तर जारी राख्ने भन्दै थापाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डाको सबैभन्दा बढी माया र विश्वास गर्ने पार्टी राप्रपा नेपाल मात्र भएको समेत दाबी गरे ।

२०६२ पौष २६ गते काठमाडौंको वीरेन्द्र सभा गृहमा भएको राप्रपाको विशेष महाधिवेशनले राप्रपा नेपाल निर्माण गरेको थियो । कार्यक्रममा पार्टीका नेताहरू राजीव पराजुली, तारानाथ लुइँटेल , राजाराम बर्तौला,सुनिता कुरुङ्वाङ्ग, हिक्मतजङ्ग भण्डारी र श्याम नेपालले बोलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्