images
images
images

नेपाल लाइफ इन्स्योरेन्सले २१.०५ प्रतिशत लाभांश वितरण गर्दै

images

पूर्वाधार वाच, काठमाडौं । 

नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांशमा बोनस सेयर १० प्रतिशत र नगद लाभांश ११.०५ प्रतिशत (करसहित) रहेको छ।पुस २६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।

इन्स्योरेन्सको उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी २५ औं वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्