images
images
images

काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्कृय गर्ने महानगरको निर्णय

images

पूर्वाधार वाच, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कस्थित निर्माणाधीन भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने निर्णय गरेको छ। आइतबार एक सूचना जारी गर्दै महानगरले यस्तो निर्णय गरेको हो।

सूचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिका कार्यालय र जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिबिच मिति २०७१–११–२२ मा काठमाडौं महानगरपालिका वडा नम्बवर २८ पुरानो बसपार्कमा काठमाडौं भ्यूटावर निर्माणका लागि सम्झौता भएको र उक्त प्रालिबाट निर्माण हुँदै गरेको काठमाडौं भ्यूटावर भवनको नक्सा पासको सम्बन्धमा छानबिन समिति गठन भई छानबिनको कार्य भइरहेको हुँदा छानबिन समितिको प्रतिवेदन प्राप्त भई कार्यालयबाट निर्णय नभएसम्मका लागि उक्त भवनको नक्सा पास निष्क्रिय रहेको व्यहोरा सरोकारवालाको जानकारीको लागि सूचित गरिन्छ।’

यसअघि काठमाडौं महानगरपालिकाले नक्सा पासमा अनियमितता गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत सुरेश गुरागाईलाई निलम्बन गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्