images
images
images

पाँचथर पावर कम्पनीले बाेलायाे साधारणसभा

images

पूर्वाधार वाच, काठमाडौं ।

पाँचथर पावर कम्पनीले आफ्नो नवौँ वार्षिक साधारणसभा माघ २४ गतेलाई आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको बुधबार (माघ २ गते) बसेको बैठकले साधारणसभा माघ २४ गते आयोजना गर्ने निर्णय गरेको हो।

कम्पनीले सभामा हाल कायम चुक्तापुँजी १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ। यसका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति लिने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्ने लगायतका एजेण्डाहरु पारित गर्ने छ । साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसको अर्थ माघ ११ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको साधारणसभामा भाग लिन योग्य हुनेछन्। सभा काठमाडौंको बत्तीसपुतलीस्थिजत होटल इम्पेरियलमा बिहान ११ बजेबाट सुरु हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्