images
images
images

प्रधानमन्त्री ओलीसँग इजरायलका राजदूतको शिष्टाचार भेट

images

पूर्वाधार वाच, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविधि विषयहरु  सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिमा आधुनिकीकरण, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ ।

भेटका अवसरमा राष्ट्रियसभाका सदस्य एवं इजरायलका लागि पूर्व नेपाली राजदूत डा अञ्जान शाक्य र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागितासमेत थियो ।

साथै, हमास र इजरायलका बिचमा युद्बबिराम सम्झौता लागु गर्ने घोषणा गरिएको बेला भएको यो भेटघाट अर्थपुर्ण मानिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्