images
images
images

काठमाडौं महानगरले प्रदूषण जाँच गरेका ४० सवारीमध्ये ३१ वटा फेल

images

पूर्वाधार वाच, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले प्रदूषण चेकजाँच गरेका ४० वटा सवारी साधनमध्ये ३१ वटाले प्रदूषण फैलाएको पाइएको छ ।

काठमाडौंको चक्रपथ सुकेधारा भएर गुडिरहेका ४० वटा डिजेलका सवारी साधनको प्रदूषण चेकजाँच गर्दा ७८ प्रतिशत अर्थात् ३१ वटा सवारीले फेल भेटिए ।

पुस २९ गतेबाट थालिएको चेकजाँचका क्रममा आजसम्म डिजेलबाट चल्ने १४० वटा र पेट्रोलबाट चल्ने २० गरी १६० वटा सवारी साधनको जाँच भएको छ । यीमध्ये डिजेलबाट चल्ने ९४ वटा र पेट्रोलबाट चल्ने ६ वटा सवारी फेल भेटिएको महानगरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्