images
images
images

लन्डनमा खुल्याे नेपाली गहना पसल, खुकुरीदेखि सांस्कृतिक बाजा पनि किन्न पाइने

images

पूर्वाधार वाच, काठमाडौं । 

बेलायतमा नेपालीहरूको सबैभन्दा सघन बसोबास भएको शहर अल्डरशटमा सुन्नीमा ज्वैलरी एण्ड कलेक्शन नामको सुनचाँदीको नयाँ शोरुम खुलेको छ ।  पछिल्लो समय बेलायतमा स्थायी रूपमा बसोबास गर्न थालेका गायक श्याम सामसोहाङ राईले अर्का गायिका जानुका राईसँग मिलेर उक्त व्यवसाय सुरु गरेका हुन् ।

बेलायत स्थित अल्डरशटमा हिजो नेपालिज ज्वैलरी एसोशियसनका अध्यक्ष तथा आदिवासी जनजाति महासंघका पनि अध्यक्ष मेजर रिटायर्ड योगेश कोयी राईको प्रमुख आतिथ्यमा ह्याप्शायर काउण्टीका काउन्सिलर बिल ओ डोनाभान तथा चर्चित नायिका तथा नाट्यकर्मी सिर्जना सुब्बाले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

लण्डनदेखि नजिकै रहेको अल्डरशट बसोबासको लागि मात्र नभई नेपालीहरूका लागि ब्यापारिक केन्द्रको रूपमा समेत विकास हुँदै गइरहेको छ । नेपालीहरूले दर्जनौँ रेष्टुरेण्टदेखि किराना पसलहरू खोलेका छन् । यहाँ करिब एक दर्जन सुनचाँदीका पसलहरू सञ्चालनमा रहेका छन् ।

नेपालीहरू पहिल्यदैखि सुनचाँदीका गहनामा सौखिन रहेका र सुरक्षित लगानीको रूपमा समेत नेपालीहरूले सुन किन्न थालेकाले सुन व्यवसायमा आफूहरू आकर्षित भएको गायक श्यामले बताए  ।

सुन्नीमा ज्वैलरी एण्ड कलेक्शनमा सुनचाँदीका अलावा विभिन्न जातजातिका पोसाकदेखि हस्तकलाका सामाग्रीहरू समेत बेच्न राखिएको गायिका जानुका राईले बताइन् । ‘’हाम्रो पसलमा सुनचाँदी बाहेक हस्तकलाका साथमा नेपालीहरूको शान खुकुरी, सबै जातजातिका पोसाक, उनीहरूको सांस्कृतिक बाजा लगायत विभिन्न शोभनिरका सामाग्रीहरू सुपथ मूल्यमा बेच्न राखेका छौँ।

यहाँ पसलमा आएर तपाईँहरूले छानी छानी किन्न सक्नु हुन्छ भने अनलाइन मार्फत विश्वभरि डेलिभरीको व्यवस्था समेत गरेका छौ’’ जानुकाले थपिन् । गायिका जानुका राई मुन्दुमी गायिकाको रूपमा चर्चित छन् भने उनले नेपाली कथानक चलचित्र बिनायोमा समेत पार्श्व गायन गरी गरिसकेका छन् ।

गायक श्यामले भने, ‘आफूहरू नेपालमा पनि व्यवसायको थोरबहुत अनुभव लिएर आएको हुँदा नयाँ ठाउँमा नयाँ व्यवसाय सुरु गर्न त्यति धेरै चुनौती छैन  । अलिकति लगानी ठुलो भएकोले त्यही अनुसारको आक्रामक व्यापारको रणनीति अपनाएर अगाडी बढ्नेछौ ।’

गायक  श्यामका मुर्चुङ्गामा रोए म साराङगीमा रेटिए, मैच्याङ हौ मैच्याङ हौ लगायतका गीतहरू लोकप्रिय छन् । पछिल्लो समय मुन्दुम ट्रेलका प्रबद्र्धकका रूपमा समेत चर्चा कमाएका उनले।‘मुन्दुम ट्रेल’ नामक संस्मरणात्मक पुस्तक गत वर्ष सार्वजनिक भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्