images
images
images

नेपाल फाइनान्सले नाफा २ करोड कमायो

images

पूर्वाधार वाच, काठमाडौ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल फाइनान्सले नाफा कमाएको छ । कम्पनीले २ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

यो नाफा गत वर्षको भन्दा २४२५.१२ प्रतिशतले धेरै हो । गत वर्ष यसले ८ लाख १२ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।

यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी १२.१५ प्रतिशत र सञ्चालन नाफा ३५०७.७० प्रतिशतले बढेको छ । यसले गर्दा कम्पनीको नाफा बढ्न टेवा पुगेको छ ।

हाल यसको चुक्ता पुँजी ७२ करोड ९९ लाख रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा भने ४८ करोड २१४ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको खराब कर्जा पनि १०.५२ प्रतिशतबाट थोरै घटेर १०.४६ प्रतिशत भएको छ । यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।

यसको प्रतिसेयर आम्दानी २२ पैसाबाट बढेर ५ रुपैयाँ ६२ पैसा ‘वार्षिक’ कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ०७ पैसा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्