पूर्वाधार वाच, काठमाडौं ।
अखिल (क्रान्तिकारी पशुपति क्याम्पस समितीका पूर्व अध्यक्ष तथा निवर्तमान केन्द्रीय समिति सदस्य कृष्ण प्रसाद रिजालले २३ औं राष्ट्रिय सम्मेलनको नेतृत्व छ्नोट प्रक्रियामा उम्मेदवारी खुल्ला सचिव पदमा उम्मेद्वारी दर्ता गराएका छन् ।
लामो समय देखि विद्याथीको हक हितको लागि आवाज उठाउँदै आएका रिजालले आफु केहि गर्न सक्नु भन्ने उदेश्यका साथ सचिव पदमा उम्मेद्वारी दर्ता गराएका हुन् ।
उनले इतिहासको निरन्तरता र वर्तमान समयको आवश्यकता लाई मध्य नजर गर्दै उम्मेदवारी दिएको बताएका छन् ।
उनले संगठनको गरिमालाई उच्च बनाइ निरन्तर विद्यार्थी आन्दोलन, राष्ट्रियता, जनजिविका, अन्याय अत्याचार, सामाजिक बिभेद लगायत सम्पुर्ण सामाजिक सरोकारको विषयमा संगठनको सिपाही भएर खरो रुपमा उत्रने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
उनले यहि १२ गते हुने निर्वाचनमा अग्रज , प्रतिनिधि , सम्पुर्णको सल्लाह,सुझाव सहित अमुल्य मतको अपेक्षा गरेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्