पूर्वाधार वाच, काठमाडौं।
स्वास्थ्यमा अचानक समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाबाहिर जाने कार्यक्रम स्थगित गरेका छन्। प्रधानमन्त्रीले आज सिद्धार्थ राजमार्ग सडक खण्डमा पर्ने सिद्धबाबा सुरुङमार्गको अन्तिम ब्रेक थ्रू र बुटवल–गोरुसिंगे सडक स्तरोन्नति शिलान्यास गर्ने कार्यक्रम थियो।
स्वास्थ्य अवस्था प्रतिकूल हुँदा सडक र भवन उद्घाटन तथा शिलान्यास कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली पाल्पा र बुटवल जाने कार्यक्रम रद्द भएको उनको निजी सचिवालयले जानकारी दिएको हो।
स्वास्थ्य अवस्थाका कारण ओली पूर्वनिर्धारित कार्यक्रममा भौतिक रूपमा सहभागी हुने छैनन्। डाक्टरको सुझावअनुसार ओलीको पूर्वनिर्धारित कार्यक्रममा भौतिक सहभागिता रद्द गरिएको उनको सचिवालयले विज्ञप्ति निकालेर बताएको हो।
प्रधानमन्त्रीको सहभागिता नभए पनि तोकिएका आयोजनामा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल सहभागी हुनेछन्।
ब्रेक थ्रू कार्यक्रममा ओली भर्चुअल रूपमा सहभागी हुनेछन्। गत मंगलबार बेलुकादेखि प्रधानमन्त्री ओली अस्वस्थ छन्। घाँटीमा समस्या आएपछि उनको स्वर भासिएको सचिवालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्