images
images
images

पशु सेवा व्यवसायी परिषद्को उपाध्यक्षमा भुसालको उम्मेदवारी, के-के छन् एजेण्डा ?

images

पूर्वाधार वाच, काठमाडौं ।

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को उपाध्यक्ष पदका लागि लोकराज भुसालले उम्मेदवारी घोषणा गरेका छन्।

परिषद्को नेतृत्व चयनका लागि आगामी माघ १८ गते निर्वाचन हुने तय भएको छ। भुसाल हाल परिषद्को तदर्थ समितिमा सदस्य छन्।

नेपालको श्रमिक र पेसागत आन्दोलनमा लामो समयदेखि सक्रिय भुसालले पेशाकर्मीहरूको हक, हित, सामाजिक सुरक्षा, क्षमता विकास र मर्यादित वातावरण सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।

उनी नेपाल पारा–भेटेरिनरी एन्ड लाइभस्टक एसोसिएसनको संस्थापक सदस्य हुन् र २०४७ सालदेखि निरन्तर नेतृत्वदायी भूमिकामा छन्।

पेसाकर्मीहरूको ३५ वर्षको प्रयासबाट २०७९ सालमा संसदबाट पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय परिषद् ऐन लागू भएको छ।

ऐनको आधारमा परिषद् गठन भएको हो। यसको प्रभावकारी कार्यान्वयनका लागि भुसाल तदर्थ समितिमा सक्रिय सदस्यका रूपमा कार्यरत छन्।

परिषद्को पहिलो ऐतिहासिक निर्वाचनमा उपाध्यक्ष पदका उम्मेदवारको रूपमा भुसालले पेसागत मर्यादा, दक्षता र सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले पशुपन्छी तथा मत्स्य क्षेत्रको दिगो विकास र आर्थिक समृद्धिका लागि प्राविधिक क्षमता अभिवृद्धि गरी गुणस्तरीय र जवाफदेही सेवा प्रवाह गर्ने योजना अघि सारेका छन्।

भुसालले सरोकारवालाहरूबिच सहकार्य र समन्वयद्वारा मैत्रीपूर्ण वातावरण निर्माण गर्न, परिषद्को अन्तर्राष्ट्रिय मान्यता सुनिश्चित गर्न र परिषदमा आबद्ध प्राविधिक पेसाकर्मीहरूको हित र क्षमता विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

साथै, नेपालका पशुपन्छी तथा मत्स्य क्षेत्रको समग्र विकासका लागि आफू पूर्ण रूपमा समर्पित रहने घोषणा गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्