images
images
images

शेयर बजार दोहोरो अंकले बढ्यो

images

पूर्वाधार वाच, काठमाडौं।

नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । निरन्तर तीन दिनसम्म कारोबार घटेको बजार साताको तेस्रो दिन मंगलबार भने दोहोरो अंकले बढेको हो । सोमबार १०.६१ अंकले घटेको बजार मंगलबार २४.५० अंकले बढेको हो । जसअनुसार आज २६५७.७७ विन्दुमा पुगेर रोकिएको छ । आज १ करोड ९६ लाख कित्ता शेयर खरिद विक्री हुदाँ ९ अर्ब ४० करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका कम्पनीमध्ये १७७ कम्पनीको शेयर बढेको छ भने ६० कम्पनीको शेयर घटेको छ । साथै, ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको ।

यसदिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार आठ अर्ब ९२ करोडको शेयर कारोबार भएकोमा आज  ९ अर्ब ४० करोड रुपैयाँ बराबरको १ करोड ९६ लाख ८० हजार १९५ कित्ता शेयर खरिदबिक्री भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्