images
images
images

०८४ को चुनावपछि मात्र सरकार परिवर्तन हुन्छ : प्रधानमन्त्री ओली

images

पूर्वाधार वाच, काठमाडौं।

नेकपा एमालेको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार २०८४ को चुनावपछि मात्रै परिवर्तन हुने बताएका छन् । मंगलबार एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले ढलिहाल्छ भन्ने भ्रमपूर्ण अभिव्यक्तिहरु आइरहेको भन्दै उनले ०८४ को चुनावसम्म अहिलेकै सरकार जाने दाबी गरे ।

उनले भने, दिनैपिच्छे सरकार ढल्छ, बेलुका वा साँझसम्ममा ढल्छ ढल्छ, राती नै ढल्छ । भोली नै ढलेन भने पर्सिलाई सार्ने गरिन्छ । तर ०८४ को निर्वाचनपछि सरकार ढल्छ । ०८४ को निर्वाचनमा परिणाम आएपछि कसरी जान्छ भन्ने कुरा त्यहीबेला थाहा हुन्छ । सरकार मंसिरमा ढल्छ, भनेको मान्छेहरुले अस्ति गएको मंसिर बुझेछन् । ०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ । त्यो भन्दा अगाडि ढल्दैन् ।’

यस्तै,उनले आफ्नो श्रीमतीको नाममा स्वीस बैंकमा पैसा राखेको भनेर झुटो प्रचारप्रसार भइरहेकोमा आपत्ति जनाए । उनले भने,‘मैले टिकटकमा हेर्दै थिए । एउटा मानिसले बोलेको रहेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमतीको नाममा ४१ करोड रुपैयाँ स्वीस बैंकमा जम्मा गरेको छ भनेर आफैंले आश्चर्य मान्नुपर्छ । त्यस्तै,उनले सरकारले ल्याएका अध्यादेशमार्फत बन्ने कानुन देश विकासमा सहयोगी बन्ने बताउँदै अध्यादेशबाट देशभित्र बसेर केही गर्छु भन्ने युवाहरू धेरै खुसी भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्