images
images
images

जीवन विकास लघुवित्तको नाफा १५.५७ प्रतिशत, कस्ता छन् अन्य सूचक ?

images

पूर्वाधार वाच, काठमाडौं ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा जीवन विकास लघुवित्तको १५.५७ प्रतिशतले खुद नाफा सँगै प्रमुख सूचकहरु बढेका छन् ।

यसअवधिमा खुद नाफा १५.५७ प्रतिशतले बढेर २० करोड ५४ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।  यसअवधिका खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा पनि बढेको हो ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ७७ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी २८.०४ प्रतिशतले बढेर ९४ करोड ८१ लाख २१ ह्जार रुपैयाँ पुगेको छ ।

यता सञ्चालन आम्दानी पनि १५.५७ प्रतिशतले बढेर २९ करोड ३४ लाख ८९ हजार रुपैयाँ छ ।पुस मसान्तसम्म चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार रुपैयाँ छ ।

प्रतिसेयर आम्दानी ४ रुपैयाँ ११ पैसाले बढेर ३० रुपैयाँ ४९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ ८ पैसा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्