images
images
images

सम्पादक बोहरामाथि आक्रमण, पत्रकार महासंघको भर्त्सना

images

पूर्वाधार वाच, काठमाडौं।

पालिकासमय डटकमका सम्पादक कमलबहादुर बोहरामाथि अज्ञात व्यक्तिबाट आक्रमण भएको छ । सो घटना प्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको महासचिव रामप्रसाद दाहालले जनाएका छन् ।

‘यही माघ २१ गते सोमबार काठमाडौंको मध्यबानेश्वरमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्यसमेत रहेका बोहरामाथि अज्ञात व्यक्तिले आक्रमण गरेको महासंघ काठमाडौं शाखाले जनाएको छ,’ महासचिव दाहालले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि बहानामा पत्रकारमाथि हुने यस्ता हर्कत प्रेस स्वतन्त्रताविरोधी हो । प्रेसविरोधी यो घटनाको महासंघ कडा शब्दमा भर्त्सना गर्दछ । महासंघ घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्