images
images
images

महुली लघुवित्तको नाफा घट्यो, इम्पेयरमेन्ट चार्ज बढ्यो

images

पूर्वाधार वाच, काठमाडौंं ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा महुली लघुवित्तको खुद नाफा ६५.६९ प्रतिशतले घटेको छ । लघुवित्तको नाफा ६५.६९ प्रतिशतले घटेर ८९ लाख ५९ हजार रुपैयाँमा सीमित भएको हो । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड ६१ लख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यता, खुद ब्याज आम्दानी भने ३४.७७ प्रतिशतले बढेर १६ करोड ४८ लाख ५४ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानीमा वृद्धि भएपनि इम्पेयरमेन्ट चार्ज चुलिंदा यसको नाफा घटेको हो ।

गत वर्ष १ करोड १८ लाख ५६ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ५ करोड ८२ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।

यसअवधिमा खराब कर्जा ०.२५ प्रतिशत बिन्दुले बढेर ४.८९ प्रतिशत पुगेको छ । चुक्ता पुँजी ३२ करोड २३ लाख ७८ रुपैयाँ छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५६ पैसा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ३१ पैसा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्