पूर्वाधार वाच, काठमाडौं ।
खानेपानीमन्त्री प्रदीप यादवले सिहदरबार स्थित खानेपानी मन्त्रालयमा लागेको आगलागीबारे अनुसन्धान भइरहेको बताएका छन् । शनिबार संचारकर्मीहरुसँगको कुराकानीका क्रममा घट्नाबारे अनुसन्धान भइरहेको प्रष्टाएका हुन् ।
उनले आगलागीमा कुनैपनि आवश्यक कागजपत्रहरु नजलेको बताए । डकुमेन्ट हस्ताक्षर गरेर मन्त्रालयका सचिवलाई पठाउने गरेकाले महत्वपुर्ण कागजपत्रहरु जोगिएको बताए ।
उनले भने, ‘महत्वपूर्ण कागजपत्रहरु बचेका छन् । कुनैपनि आवश्यक कागजपत्रहरु मेरो टेबुलमा थिएन । डकुमेन्ट हस्ताक्षर गरेर सचिवलाई पठाइहाल्ने बानी छ । कहिलेपनि टेबुलमा फाइल रहँदैन थियो । त्यसकारण पनि अफिसियल कागजपत्र जलेका छैनन् ।’
उनले शुक्रबार कार्यालयमा केही गन्ध आएको र त्यो पानी तताउने मेसिन हिट भएरहोला भन्ने सोचेको बताए ।
उनले भने,‘ हिजो म कार्यालयमा हुँदा गन्ध आएको थियो । मैंले कार्यालय सहयोगीलाई सोधें उहाँले पानी तताउने मेसिन हिट भएरहोला भन्नुभयो । अनि पल्क निकालेर सवा पाँच बजे निस्कियौ । बिहान यस्तो दुखद घटना घट्यो ।’
उनले थप भने, ‘यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । तीनवटा सीसी क्यामेराको मनिटर, एक थान कम्प्युटर, डेक्सटप, पानी तताउने मेसिन, टेबुल, सोफालगायत अन्य सामानहरु जलेका छन् ।’ शनिबार बिहान करिब पौने ८ बजे खानेपानी मन्त्रालयमा आगोलागी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्