images
images
images

खानेपानी मन्त्रालयको मर्मत सम्भार थालियाे

images

पूर्वाधार वाच, काठमाडौं ।

आगलागी भएको खानेपानी मन्त्रालयको मर्मत सम्भार कार्य शुरू गरिएको छ । आजै उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले अवलोन गरेलगत्तै मन्त्रालयले मर्मतसम्भारको काम थालेको हो ।

उक्त मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् ।

आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको छ । खानेपानी मन्त्रालयको भवनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्