images
images
images

सरकारले कानुन निर्माणको प्रकृयालाई नै धज्जी उडायो : सांसद कुँवर

images

पूर्वाधार वाच, काठमाडौं ।

प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले सरकारले कानुन निर्माणको प्रकृयालाई धज्जी उडाएको बताएका छन् । मंगलबार प्रातिनिधि सभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘सबैको राय सुझाव, सल्लाहअनुसार नेपालको इतिहासमा पहिलो चोटी विधेयक व्यवस्थापनसम्बन्धी विधेयक एक मतका साथ सभामुखलाई प्रतिवेदन बुझाएका थियौं । अस्ति भर्खर मन्त्रीज्यू हामीले बुझाएको भन्दाा फरक दफा थपेर संसद्मा पेश प्रस्तुत गर्नुभयो । के त्यो समितिको सभापतिको अधिकार क्षेत्रभन्दा बाहिर रहेन र ? संसदीय मूल्य र मान्यताभन्दा बाहिर रहेन र ? के यसले कानुन निर्माणको प्रकृयालाई धज्जी उडाएन र ?’

सरकारका मन्त्रीहरुबाट भइरहेका यस्ता कार्यहरु निन्दनीय रहेको समेत उनले बताए । सरकारले आफू निकटहरुलाई अपराधमा छुट दिएको भन्दै सांसद कुँवरले आक्रोश समेत व्यक्त गरे ।

पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री समेत कुँवरले पोर्चुगलमा नेपालीहरु ठगिएको उल्लृख गर्दै उनीहरुको समस्या समाधानको लागि पहल गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

https://www.facebook.com/purbadharwatch/videos/1344946486691102

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्