images
images
images

कमलपोखरीकाे सानदार मःमःमा सिलिण्डर विस्फोटमा परेका ३ जनाको मृत्यु जनाको मृत्यु, ८ को अवस्था गम्भीर

images

पूर्वाधार वाच, काठमाडौं । 

कमलपोखरीस्थित सानदार मःमः पसलमा ग्यास सिलिन्डर विस्फोटमा मृत्यु हुने तीनजना पुगेका छन् । शुक्रबार घाइते थप एकजनाको मृत्यु भएको अभियन्ता उज्ज्वलविक्रम थापाले जानकारी दिएका छन् ।

अझै आठजनाको स्वास्थ्य अवस्था जटिल रहेको उनको भनाइ छ । गत माघ २४ गते ग्यास विस्फोट हुँदा १४ जना घाइते भएका थिए ।

जसमध्ये ११ जनालाई अस्पताल लगिएको र तीनजना सामान्य घाइते भएका थिए । दुईजनाको यसअघि नै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विस्फोट हुँदा घाइते सबैको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरु मःमः पसलकै कामदार हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्