images
images
images

समाजवादी प्रेस संगठनको अध्यक्षमा श्रेष्ठ र महासचिवमा दाहाल चयन

images

पूर्वाधार वाच, काठमाडौं ।

नेकपा एकीकृत समाजवादी निकट प्रेस संगठनको अध्यक्षमा शम्भु श्रेष्ठ चयन भएका छन् ।

संगठनको दोस्रो राष्ट्रिय भेलाले श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो ।

यस्तै महासचिवमा रोहित दाहाल, कोषाध्यक्षमा भरत पोखरेल चयन भएका छन् ।

तत्कालीन अध्यक्ष विश्वमणी सुवेदी एमाले निकट प्रेस चौतारीमा प्रवेश गरेपछि श्रेष्ठ अध्यक्ष चयन भएका हुन् ।

तत्कालीन महासचिव रामकुमार एलन, कोषाध्यक्ष कृपा भण्डारीसमेत प्रेस चौतारीमा प्रवेश गरेपछी दाहाल र पोखरेल क्रमशः महासचिव र कोषाध्यक्ष चयन भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्