पूर्वाधार वाच, इटहरी।
‘नो केबुलकार समुह’का ८ जना बिरूद्ध प्रकाउ पुर्जी जारी भएको छ । ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेका पदम चेन्जी माबोलाई धरानमा कालोमोसो दल्ने ८ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
उनीहरूलाइ आपराधिक उपद्रो व्यवहार ऐन अन्तर्गत मुद्दा दर्ता गरिए लगत्तै सोमबार माबोले इलाका प्रहरी कार्यालय धरानमा आफूलाई कालो मोसो दल्ने ८ जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।
उजुरी लगत्तै प्रहरीले अभियुक्त ८ जना विरुद्ध जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जीको अनुमति लिएको छ ।
कालोमोसो दल्ने कार्यमा संलग्न जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य अमर इजम, समाजवादी पार्टी धरानका सचिव सुमन चेम्जोङ, पहिचानवादी मोर्चाका नेता जेन्टल लावतीलगायत रहेका छन् ।
गत आइतवार मावो माथी पाथिभरा केबलकारको पक्षमा बोलेको भन्दै कालोमोसो दलेर माफी मगाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्