images
images
images

क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट

images

पूर्वाधार वाच, काठमाडौं ।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले बिक्री गरेको आइपीओ सोमबार (फागुन ५ गते) बाँडफाँट भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरेको आइपीओमा गोलाप्रथामार्फत २२ हजार ५०० जना आवेदकलाई १० कित्ताका दरले २ लाख ५० हजार कित्ता सेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जानकारी गराएको छ ।

कम्पनीले माघ १५ गतेदेखि २९ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई २ लाख २५ हजार कित्ता सेयर बिक्री गरेको थियो ।

कम्पनीले सर्वसाधारणलाई छुट्याइएको कुल २२ लाख ५० हजार कित्ता सेयरमध्ये पहिलो चरणमा १०५ ले हुने २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गरेको थियो ।

वैदेशिक रोजगारीमा रहेकाहरुले बिक्री प्रबन्धकको वेबसाइट र सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट नतिजा हेर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्