पूर्वाधार वाच, भैरहवा।
नेपाल फाइनान्सको संस्थापक शेयरमा लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले १० लाख ९० हजार ३७१.१८७ कित्ता शेयरमा आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन मिल्ने जनाएको छ ।
यस लिलामीमा कम्पनीका संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्