images
images
images

राष्ट्र बैंकले नवीकरण गरेन ‘नेपाल पे टाइम’को अनुमतिपत्र

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनी ‘नेपाल पे टाइम प्रा.लि’ को अनुमतिपत्र नवीकरण नगरिएको जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार नेपाल पे टाइमले प्रदान गर्दै आएको सेवा लामो समयदेखि बन्द रहेको तथा सेवा प्रवाहका लागि प्रयोग हुने वालेटको एप प्ले स्टोर र एप स्टोरमा नरहेको, संस्थागत सुशासन अवस्था कमजोर रहेको, राष्ट्र बैंकले दिएका निर्देशन कार्यान्वयन नगरेको लगायत कारण उसको अनुमतिपत्र नवीकरण नगरिएको हो ।

नेपाल पे टाइमले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकको उक्त संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए आगामी ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

नेपाल पे टाइमले १९ भदौ २०७६ मा राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्राप्त गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्