images
images
images

विप्लवले ट्रम्पलाई दिए धन्यवाद, एमसीसी स्थगित भएकाेमा खुशी

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक नेत्र विक्रम चन्द विप्लव एमसीसी स्थगित भएपछि खुशी देखिएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै विप्लवले एमसीसी कम्प्याक्ट सधैंको लागि खारेज गरी नेपाल र अमेरिका बीचको कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन अमेरिकालाई आग्रह गरेका छन् ।

विप्लवले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिदै एमसीसीको स्थगनले नेपाली समाजमा सकारात्मक प्रभाव परेको बताएका छन् ।

उनले भनेका छन्, ‘एमसीसी कम्प्याक्टको तयारी र त्यसको कार्यन्वयनको समयदेखि नै आम नेपाली जनताले एमसीसी कम्प्याक्ट देशको राष्ट्रिय स्वाधिनता र आफ्नो राजनीनिक स्वतन्त्रताको विरुद्धमा हुने ठहर गर्दै सुरुकै दिनबाट अनवरत संघर्ष संचालन गर्दै आइरहेका छन्‌ । डोनाल्ड ट्रम्पको कार्यकारी आदेशबाट स्थगन हुन पुगेको एमसीसी कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको छ । यसका लागि हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्