images
images
images

ताप्लेजुङ सदरमुकाम फुङलिङ र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा

images

पूर्वाधार वाच, ताप्लेजुङ ।

केबलकार सम्बन्धि विवाद बढ्दै जाँदा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सदरमुकाम फुङलिङ र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

आज बिहान ५ बजेदेखि पाँच जनाभन्दा बढी भेला हुन नपाउने, सभा जुलुस, घेराउ गर्न नपाउने गरी निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । काफ्लेपाटी क्षेत्रमा काफ्लेपाटीदेखि बलुडाँडा, र केबलकार स्टेशन क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

सदरमुकाम फुङलिङमा हिजो बेलुका प्रहरी र आन्दोलनकारी बीच पटक पटक झडप भएको थियो । आन्दोलनकारी तर्फ घाइते भएका तीन जनालाई धरानको घोपा अस्पताल पुर्याइएको र नौ जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको आन्दोलन समूहका अगुवा किर्तिमान मादेनले जानकारी दिए।

यता प्रहरी तर्फभने नौ जना घाइते भएको र उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्