images
images
images

सिभिल होम्समा लागेको आगलागी नियन्त्रणमा

images

पूर्वाधार वाच, काठमाडौं।

ललितपुरको सुनाकोठीस्थित सिभिल होम्सको घर नम्बर ४६ मा लागेको आगो नियन्त्रणमा आएको छ ।

आइतबार बिहान ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा माथिल्लो पूजोकोठामा दियोबाट सल्किएको आगोले सुमनकुमार जोशीको घरमा आगलागी भएको ललितपुर प्रहरीका एसपी नरहरि रेग्मीले बताए।

आगो नियन्त्रणमा आइसकेको उनको भनाइ छ । आगलागीबाट बहुमूल्य सामान पनि जलेका छैनन् । पूजाकोठामा रहेका केही सामानमात्र जलेको उनले बताए । आगो नियन्त्रणका लागि ललितपुर महानगरको दमकल, नगरप्रहरीको टोली र प्रहरी परिचालन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्