images
images
images

काठमाडौं-७ मा विकास योजना रोकिएकोमा सांसद पराजुलीको आपत्ति

images

पूर्वाधार वाच, काठमाडौं ।

रास्वपा सांसद गणेश पुराजुलीले आफ्नो निर्वाचन क्षेत्रमा विकासका योजना ठप्प भएको भन्दै सरकारको आलोचना गरेका छन् ।

उनले काठमाडौं ७ मा विकासका योजनामा सरकारले बजेट रोक्का गरेकाले कुनै पनि योजना अघि नबढेको भन्दै आपत्ति जनाए ।

‘काठमाडौं ७ का जनतालाई विकास चाहिँदैन ? के सरकारका पक्षका सांसदहरूको निर्वाचन क्षेत्रका जनतालाई मात्र विकास चाहिन्छ ?’ पराजुलीले प्रश्न गरे ।

उनले काठमाडौं महानगरपालिकामा सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा थुप्रै विकासका योजनामा भुक्तानी रोकिएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्