पूर्वाधार वाच, काठमाडौं ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आइतबारदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन् ।
फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उनी घाइते भएका थिए ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि डिस्चार्ज भएका उनले अत्यावश्यक काम निवासबाट गर्दै आएका थिए । एक सातापछि पौडेल सिंहदरबारस्थित अर्थ मन्त्रालय फर्किएका हु्न् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्