पूर्वाधार वाच, काठमाडौं ।
जारी आसिसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल बर्षाले प्रभावित भएको छ । पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार अपराहन्न २:४५ बजेदेखि शुरु हुनुपर्न समुह बी अन्तर्गतको यो खेल खराब मौसमका कारण अहिलेसम्म टस हुन सकेको छैन ।
अहिलेसम्म टस हुननसकेपछि अब मौसममा सुधार भएर खेल भएपनि ओभर भने घट्ने भएको छ । अर्कोतर्फ खेल नभएर दुवैले अंक बाड्ने अवस्था आएमा यसले सेमिफाइनलको समीकरणलाई समेत प्रभाव पार्ने छ ।
जारी प्रतियोगितामा अस्ट्रेलिया र दक्षिण अफ्रिकाले आ-आफ्नो पहिलो खेल जितेका छन् । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गरेको थियो भने अस्ट्रेलियाले इङल्याण्डलाई पराजित गरेको थियो ।
हेड टू हेडको कुरागर्दा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच अहिलेसम्म ११० एकदिवसीय खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले ५५ खेल जितेको छ भने अस्ट्रेलियाले ५१ खेल जितेको छ । जसमा ३ खेल बराबरीमा सकिएका छन् भने एक खेलको नतिजा आएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्