पूर्वाधार वाच, काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्रीमा ल्याएको छ । बैंकले २ लाख ४३ हजार ६०३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यो शेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले सेयर खरिद नगरेपछि सो शेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।
शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज ‘फागुन १३ गते’देखि ७ दिनभित्र बैंकको शेयर शाखा लाजिम्पाट, काठमाडौंमा के कति शेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्