images
images
images

सानिमा जीआइसी इन्स्योरेन्सको शेयर बिक्रीमा

images

पूर्वाधार वाच, काठमाडौं ।

सानिमा जीआइसी इन्स्योरेन्सले शेयर बिक्रीमा गर्ने भएको छ । कम्पनीले ९५ हजार ९२८ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

यसमा कम्पनीका संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजदेखि ३५ दिनभित्र कम्पनीको रजिष्टर्ड कार्यालय, टंगाल काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्