पूर्वाधार वाच, काठमाडौं ।
कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हरियाली छाएको छ । मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट १ प्रतिशतमा झरेसँगै बिहीबार शेयर बजारमा हरियाली छाएको हो ।
आज शेयर बजार ४९.१५ अंकले बढेर परिसूचक २८१५ बिन्दुमा पुगेर रोकिएको छ । दुई करोड कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३९ करोडको कारोबार भयो । कारोबारमा आएका १८६ कम्पनीको शेयर बढेका छन् ।
आज कारोबारका आधारमा सर्वाधिक हिमालय रि इन्सुरेन्सले ९६ करोड, नेपाल रिइन्सुरेन्सले ७६ करोड र एनआरएन इन्फ्रास्ट्रक्चरले ४६ करोडको कारोबार गरे ।
आज चारवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गर्डियन माइक्रो लाइफ, अपर हेवाखोला हाइड्रो, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युतको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्