images
images
images

सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १३ जना घाइते

images

पूर्वाधार वाच, सुर्खेत ।

सुर्खेतमा बिहीबार फोर्स गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । दैलेखको दुल्लुबाट कर्णाली राजमार्ग हुँदे वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४१९ नम्बरको उक्त गाडी वीरेन्द्रनगरस्थित बांगेसिमलमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रविर विश्वकर्माले गाडीमा सवार १६ मध्ये १३ जना घाइते भएको जानकारी दिए ।

घाइतेहरुलाई प्रदेश अस्पताल, माया नर्सिङ होम र कर्णाली केयरमा पठाइएको उनको भनाइ छ । गाडी अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खसेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्