images
images
images

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा कहिले ?

images

पूर्वाधार वाच, काठमाडौं  ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको फागुन २७ गते वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभामा गत वर्षको नाफाबाट ८.७५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

साथै, सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

सभा बानेश्वर अनमोल ब्यांकेट शंखमुल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरेको छ । फागुन १४ गतेसम्म सेयर किनेका लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्