images
images
images

नेपाल इकोनोमिक्स ओलम्पियाडको छैटौँ संस्करण आजदेखि सुरू, टाइटल स्पोन्सर सबिता ग्रुप होल्डिङ

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल इकोनोमिक्स ओलम्पियाडको छैटौँ संस्करण आजबाट सुरु भएको छ । जसमा देशभरका १०० विद्यार्थीले अन्तिम प्रतिस्पर्धाका लागि स्थान सुरक्षित गरेका छन्। टाइटल स्पोन्सर सबिता ग्रुप होल्डिङ रहेको यो प्रतियोगिता फागुन १६ (आज)देखि १८ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेछ। प्रतिस्पर्धीहरूले अर्थशास्त्र, वित्तीय साक्षरता र व्यावसायिक चिन्तनलगायतका क्षेत्रमा आफ्नो दक्षता प्रमाणित गर्नेछन्।

यस वर्षको ओलम्पियाडका लागि प्रारम्भिक चरणमा कुल १,७२४ विद्यार्थीले आवेदन दिएका थिए। सातै प्रदेशका १८५ विद्यालय तथा कलेजका विद्यार्थीले क्षेत्रीय छनोटमा भाग लिएपछि उत्कृष्ट १०० प्रतिस्पर्धी राष्ट्रिय चरणका लागि छनोट भएका हुन्। अब उनीहरूले तार्किक सोच, वित्तीय विश्लेषण र जटिल आर्थिक समस्याहरू समाधान गर्ने क्षमतामा परीक्षा दिनुपर्नेछ।

राष्ट्रिय चरणमा उत्कृष्ट ठहरिएका पाँच विद्यार्थीले आगामी जुलाईमा अजरबैजानको बाकुमा आयोजना हुने अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्नेछन्। त्यसैगरी, अन्य पाँच प्रतिस्पर्धीले अस्ट्रेलियन इकोनोमिक्स ओलम्पियाडमा सहभागी हुने अवसर पाउनेछन्।

प्रतियोगितामा बिजनेस केस एनालिसिस, वित्तीय साक्षरता सत्र, आर्थिक समस्यासँग सम्बन्धित तार्किक परीक्षण र सिमुलेशन गेमहरू समावेश गरिनेछन्। नेपालका अनुभवी अर्थशास्त्री, वित्तीय विज्ञ तथा शैक्षिक प्रशिक्षकहरूले प्रशिक्षण सत्र सञ्चालन गर्ने योजना गरिएको छ।
नेपाल इकोनोमिक्स ओलम्पियाडका निर्देशक दीपक भण्डारीले यस प्रतियोगिताले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने क्षमतावान् बनाउने उल्लेख गरे। उनका अनुसार, यो ओलम्पियाड केवल ज्ञान परीक्षण गर्ने स्थल नभएर भविष्यका अर्थशास्त्री, नीति निर्माता तथा व्यावसायिक नेतृत्व विकास गर्ने महत्त्वपूर्ण अवसरसमेत हो।

यस वर्षका उत्कृष्ट विद्यार्थीहरूले अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाड र अस्ट्रेलासियन इकोनोमिक्स ओलम्पियाड सँगै विश्व इकोनोमिक्स कप, अन्तर्राष्ट्रिय बिजनेस ओलम्पियाड र इकोनोमिक्स एसिया कन्भेन्सन जस्ता प्रतिष्ठित प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्।

नेपाल इकोनोमिक्स ओलम्पियाडले केवल प्रतिस्पर्धा नभएर ज्ञान, सोच, नवाचार र व्यावसायिक क्षमताको परीक्षण गर्ने वातावरण सिर्जना गर्ने लक्ष्य राखेको छ। यो ओलम्पियाड नेपाली विद्यार्थीहरूलाई वित्तीय साक्षरता, आर्थिक निर्णय क्षमतामा दक्ष बनाउँदै, अन्तर्राष्ट्रिय स्तरमा चुनौती सामना गर्न तयार पार्ने एक महत्त्वपूर्ण मञ्च बन्दै गएको छ।

नेपाल इकोनोमिक्स ओलम्पियाड नेपालमा आर्थिक शिक्षा र वित्तीय साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक महत्त्वपूर्ण प्रतियोगिता हो। यो नेपालका विभिन्न विद्यालय र विश्वविद्यालयका विद्यार्थीहरूको लागि आयोजना गरिन्छ, जसमा आर्थिक सन्दर्भमा गहिरो ज्ञान र विश्लेषणात्मक क्षमता प्रदर्शन गर्न प्रतिस्पर्धा गरिन्छ।

नेपाल इकोनोमिक्स ओलम्पियाडको इतिहास सन् २०१९ मा शुरू भएको हो, र त्यसपश्चात यसले विद्यार्थीहरूको बीचमा आर्थिक बोध र सोचको स्तरलाई महत्त्वपूर्ण रूपमा सुधार गरेको छ। प्रतियोगिता वित्तीय व्यवस्थापन, अन्तर्राष्ट्रिय व्यापार, सरकारी नीति, र सामाजिक९आर्थिक समस्यामा आधारित प्रश्नहरूको उत्तर दिनमा केन्द्रित हुन्छ।

यो प्रतियोगिता तीन चरणमा विभाजित हुन्छ। पहिलो चरणमा विद्यालय स्तरका प्रतिस्पर्धीहरूलाई छनोट गरिन्छ। दोस्रो चरणमा क्षेत्रीय स्तरका विद्यार्थीहरू सामेल हुन्छन् भने त्यहाँबाट छनोट भएर आएका विद्यार्थीहरूले तेस्रो चरण अर्थात् राष्ट्रिय प्रतियोगितामा भाग लिई अन्तर्राष्ट्रियका लागि छनोट हुन्छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्