images
images
images

देशका यी ८ स्थानको वायु सबैभन्दा बढी प्रदूषित

images

पूर्वाधार वाच, काठमाडौं ।

काठमाडौं उपत्यकाका लगायत देशका आठ स्थानका वायु सबैभन्दा बढी प्रदूषित भएको छ । वातावरण विभागको शुक्रवार अपरान्ह ११ः ५५ बजेको रेकर्डअनुसार काठमाडौं उपत्यकाका चार सहित देशका चार स्थानको वायु अस्वस्थ कर पुष्टि भएको हो ।

विभागको रिपार्ट अनुसार उपत्यकाका शंखपार्क, खुमलटार, भैँसेपाटी, भक्तपुरसहित काभ्रेको धुलिखेल, चितवनको भरतपुर, मकवानपुरको हेटौँडा र इलामको वायु अस्वस्थकरको सूचीमा छ । यी स्थानको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ११३ देखि १९८ पुगेको छ ।

उपत्यकाको शंखपार्कको एक्यूआई १९०, खुमलटारको एक्यूआई १८६, भैँसेपाटीको एक्यूआई १९८ र भक्तपुरको एक्यूआई १७५ रहेको छ । यस्तै काभ्रेको धुलिखेल एक्यूआई १५३, चितवनको भरतपुर एक्यूआई १७६, मकवानपुरको हेटौँडा एक्यूआई ११३ र इलामको एक्यूआई १२६ रहेको विभागको तथ्याङ्क छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को वायु गुणस्तर मापदण्डअनुसार एक्यूआई ५० सम्मको वायु ‘स्वस्थकर’ हुन्छ । एक्यूआई १०१ देखि १५० ‘अस्वस्थकर’ हुन्छ । यस्तै, एक्यूआई २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्यो भन्दामाथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्