पूर्वाधार वाच, काठमाडौं।
प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन् ।
कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौंका लागि आएका कतार एयरवेजका क्यूआर६५२ जहाज कलकता डाइभर्ट गरिएको छ । त्यसबाहेक मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान पनि डाइभर्ट भएका छन् ।
मौसमकै कारण सिचुआन एयरलाइन्सको उडान रद्द भएको छ । मौसमका कारण आन्तरिक उडान पनि प्रभावित भएका छन् ।
कार्यालयका अनुसार काठमाडौं–पोखरा, काठमाडौं–भरतपुर, काठमाडौं–नेपालगञ्ज, काठमाडौं–राजविराज, काठमाडौं, विराटनगर, काठमाडौं–जनकपुर, काठमाडौं–भद्रपुर, काठमाडौँ–भैरहवा लगायतका केही उडान रद्द भएको कार्यालयले जनाएको छ ।
साथै अधिकांश उडान डिले भएका छन् । प्रवक्ता शेर्पाका अनुसार दिउँसोदेखि भने उडान सामान्य रुपले भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्