images
images
images

बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालले पाए सफाइ

images

पूर्वाधार वाच, काठमाडौं ।

विशेष अदालतले बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवाललाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले आरोप पुष्टि हुन नसक्ने फैसला गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालमाथि झुठो विवरण पेश गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।

सिलवालले नागरिकता लिएको मिति र उनले विश्वविद्यालयबाट पाएको शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्ममिति फरक रहेको अख्तियारको आरोप थियो ।

उनले वास्तविकता भन्दा ३ वर्ष उमेर घटाएर राहदानी लिएको समेत आरोप थियो । विशेष अदालतले सिलवाललाई अख्तियारको सबै आरोपबाट सफाइ दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्