images
images
images
images

काठमाडौं विश्वकै तेस्रो प्रदूषित शहर

images

पूर्वाधर वाच, काठमाडौं ।

काठमाडौं उपत्यकाको वायु अस्वस्थकर देखिएको छ । आज वायु प्रदूषण मापनमा काठमाडौं विश्वकै तेस्रो प्रदूषित शहर भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँ उपत्यका वायु प्रदूषणमा विश्वकै तेस्रो स्थानमा देखिएको हो ।

images

आज विश्वकै प्रदूषित शहरको पहिलो सूचीमा भियतनामको हनोई छ भने दोस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्ली छ ।

इन्डेक्सका अनुसार आज काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई १९७ छ । आज विश्वकै प्रदूषित शहरको पहिलो सूचीमा भियतनामको हनोई एक्यूआई २३८ रहेको छ भने दोस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्लीको एक्यूआई २०२ छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को वायु गुणस्तर मापदण्डअनुसार एक्यूआई ५० सम्मको वायु ‘स्वस्थकर’ हुन्छ । एक्यूआई १०१ देखि १५० ‘अस्वस्थ कर’ हुन्छ ।

यस्तै, एक्यूआई २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थ कर’ र त्यो भन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्