images
images
images

सरकारले पहिलोपटक राष्ट्रिय पानी सम्मेलन गर्ने

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल सरकारले चैत ९ गते प्रथम राष्ट्रिय पानी सम्मेलन–२०२५ आयोजना गर्ने भएको छ । शुक्रबार काठमाडौंमा जल तथा ऊर्जा आयोगले पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिएको हो ।

सम्मेलन चैत्र ९ र १० गते दुई दिनसम्म सञ्चलन हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै जल तथा ऊर्जा आयोगको सचिवालयका प्रवक्ता कलानिधि पौड्यालले नेपालले जलस्रोतको दीगो व्यवस्थापन र विकासलाई सुनिश्चित गर्नुपर्ने बताए ।

जलवायु परिवर्तनका असरलाई न्युनिकरण गर्दै जलस्रोतको उपभोगका लागि स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्नुपर्नेमा उनले जोड दिए । सबैको सहकार्यविना जलस्रोत तथा मौसमसम्बन्धी चुनौतीहरुको सामना गर्न नसकिने उनले बताए ।

पानीको बहुउपयोगबाट देशको आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुग्ने भएकाले पानीको महत्वका बारेमा सम्बन्धित विज्ञहरुसँग छलफल गर्न सम्मेलन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

कार्यक्रममा जलस्रोतको अन्तरदेशीय सहकार्य तथा जलस्रोत उपयोगमा रहेका चुनौतीका बारेमा छलफल हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्