images
images
images

ङादी ग्रुप पावरको लिलामी शेयर बाँडफाँट

images

पूर्वाधार वाच, काठमाडौं ।

ङादी ग्रुप पावरले लिलामीमा बिक्री गरेको शेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको शेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । कम्पनीले  ८ लाख ७३ हजार ६१.२२५ कित्ता लिलामी  शेयर चैत ४ गते बाँडफाँट गरिएको हो ।

जसमा न्यूनतम २६६ रुपैयाँ २० पैसा (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले शेयर पाएका छन् । यसअघि कम्पनीले १०० प्रतिशत (१ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता) हकप्रद शेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी शेयर कम्पनीले लिलामीमा ल्याएको थियो ।

कम्पनीले लिलामी बाँडफाँटमा नपरेको शेयरको पैसा सोमबार (चैत ११ गते)खि फिर्ता दिने भएको छ । कम्पनीले आवेदकले लिलामी आवेदन फारममा उल्लेख गरेको बैंक खातामा नै क्लियरिङ हाउसको कनेक्ट आइपीएस मार्फत रकम फिर्ता पाउने जनाएको छ ।

यता, कम्पनीले आफ्नोे खातामा रकम जम्मा भए नभएको यकिन गरी रकम जम्मा नभएको खण्डमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौंमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्